स्वास्थ्य

थपिए ७७६ कोभिड संक्रमित, १३ को मृत्यु

इकागज |
कात्तिक ८, २०७८ सोमवार १६:४५ बजे

फाइल तस्बिर

काठमाडौँ- देशभर आज ( सोमबार) कोभिड संक्रमणका कारण १३ जनाको मृत्यु भएको छ । हालसम्म ११ हजार ३६१ संक्रमितको मृत्यु भइसकेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७७६ संक्रमित थपिएका छन् । १० हजार ८६४ जनाको कोभिड परीक्षण गरिएको थियो ।पीसीआर परीक्षणबाट ६७३ र एन्टीजेन्ट विधिबाट १०३ जनामा कोभिड पुष्‍टि भएको हो ।

पछिल्लो २४ घण्टामा ५०१ जना संक्रमणमुक्त भएका छन् । हालसम्म देशभरबाट ७ लाख ८८ हजार ८ जना संक्रमणमुक्त भइसकेका छन् । देशभर सक्रिय संक्रमित १० हजार ३६० जना छन् ।


आईसीयूमा २५४ र भेन्टीलेटरमा ७४ उपचाररत छन् । होम आईसोलेशनमा ९ हजार ६१७, संस्थागत आईसोलेशनमा ७४३ र क्वारेन्टाइनमा २१९ जना छन् ।


Author

थप समाचार
x