स्वास्थ्य

बीपी प्रतिष्ठानको आन्दोलन

स्वास्थ्यमन्त्रीले भने : चिकित्सकको मागअनुसार निर्णय गर्छु

इकागज |
कात्तिक ९, २०७८ मंगलबार १७:१७ बजे

काठमाडौँ- स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले मंगलबार धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्‍ठानका चिकित्सकसँग छलफल गरेका छन् ।जुनियर रेसिडेन्ट वेलफेयर सोसाइटीका अध्यक्ष डा. पदम नेपलीका अनुसार चिकित्सकको मागमा मन्त्री सकरात्मक छन् ।

अस्पतालमा पदाधिकारीले गरेका अनियमिततादेखि अन्य गतिविधिलाई नियन्त्रण गर्न आग्रह गरिएको उनले बताए । छलफलमा प्रतिष्‍ठानमा पदाधिकारीले गरेको गतिविधिलाई लिएर अभियोग लगाउन सक्ने मन्त्रीले  बताएको नेपालीले इकागजलाई जानकारी दिए ।


मन्त्री खतिवडाले प्रतिष्‍ठानमा आन्दोलनरत स्वास्थ्यकर्मीको मागलाई चाँडै सम्बोधन गर्ने आश्‍वासन दिएको उनको भनाइ छ । 'हाम्रो मागमा मन्त्रीज्यू सकरात्मक देखिनुभयो,' उनले भने,'हामीले सोचे जस्तो निर्णय आउनेमा आशावादी छौं ।'

यसअघि बनेका समिति गरेको सम्झौता र प्रतिवेदनलाई अक्षरस कार्यान्वय गर्नलाई मन्त्रीलाई आग्रह गरिएको नेपालीले बताए । अस्पतालमा भइरहेको गतिविधिलाई ६/६ महिनामा अनुगमन गर्नेगरी छलफल भएको थियो ।

प्रतिष्‍ठानमा आउने नयाँ पदाधिकारीको स्वास्थ्य ऐनको मापदण्डभित्र रहेर नियुक्त गर्नलाई सुझाव दिएको नेपालीले बताए । नेतृत्त्वले अस्पताललाई सुधार गर्नुपर्ने र प्रतिष्‍ठानमा भएको भ्रष्‍ट्राचार नियन्त्रण गर्न सरकारले ठोस कदम चाल्नलाई आग्रह गरिएको उनले बताए ।

अस्पतालको प्रशासनदेखि अन्य क्षेत्रमा भएका विकृति विसंगतिलाई नियन्त्रण गर्नलाई मन्त्री खतिवडामार्फत सरकारको ध्यानाकर्षण गराएको नेपालीले जानकारी दिए ।प्रतिष्‍ठानका पदाधिकारी हटाउन बनेको मन्त्रीको संयोजकत्‍वमा बनेको समिति अध्ययन गर्न धरान पुगेको हो । उक्त समितिले २१ दिनभित्र अध्ययन गरी प्रतिष्‍ठानको सिनेटलाई प्रतिवेदन बुझाउने जनाएको छ । समिति गठन भएको एक सातापछि मन्त्रीसहितको टोली प्रतिष्‍ठान पुगेको हो ।

प्रतिष्‍ठानका आन्दोलनरत पक्षसँग छलफल गर्दा स्वास्थ्य सचिव डा. रोशन पोखरेल, मन्त्रालयका प्रवक्ता डा. कृष्‍ण पौडेल र धरान उपमहानगरपालिकाका प्रमुख तिलक राई सहभागी थिए । उक्त समितिमा मन्त्रालयका प्रवक्ताबाहेका सहभागी तीनजना समावेश छन् । चिकित्सक तथा कर्मचारीले चार महिनादेखि प्रतिष्‍ठानमा भएको विकृति र विसंगतिविरुद्ध आन्दोलन गर्दै आएका छन् ।  

 

 

 

 

 


Author

थप समाचार
x