सोमबार देशभर थपिए ५३३ संक्रमित
फाइल तस्बिर
काठमाडौँ- देशभर ५३३ जना नयाँ कोभिड-१९ संक्रमित थपिएका छन् । सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार ११ हजार ६६४ जनाको कोभिड परीक्षण गरिएको थियो । पीसीआर परीक्षणबाट ४४१ र एन्टीजेन्ट विधिबाट ९२ जनामा कोभिड पुष्टि भएको थियो ।
२४ घण्टामा ४९० संक्रमणमुक्त भएका छन् । हालसम्म ७ लाख ९२ हजार २७७ जना संक्रमणमुक्त भइसकेका छन् ।
९ जनाको मृत्यु र हालसम्म देशभर ११ हजार ४१६ जनाको कोभिड संक्रमणका कारण मृत्यु भइसकेको छ । देशभर सक्रिय संक्रमित ९ हजार ३१८ जना छन् ।
आईसीयूमा २४१ र भेन्टीलेटरमा ७४ उपचाररत छन् । होम आईसोलेशनमा ८ हजार ५९८, संस्थागत आईसोलेशनमा ७२० र क्वारेन्टिनमा ११८ जना छन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया