स्वास्थ्य

उपत्यकामा थपिए २२८ संक्रमित

काठमाडौँ उपत्यकामा हालसम्म ३३१८ संक्रमितको मृत्यु

इकागज |
कात्तिक १५, २०७८ सोमबार १६:३४ बजे

फाइल तस्बिर

काठमाडौँ- उपत्यकामा २२८ कोभिड-१९ संक्रमित थपिएका छन् । सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा १६२, ललितपुरमा ५० र भक्तपुरमा १६ जना संक्रमित थपिएका हुन् ।

काठमाडौँ उपत्यकामा २ हजार ७३ जना सक्रिय कोभिड संक्रमित छन् । काठमाडौँमा १०१८, ललितपुरमा ५१७ र भक्तपुरमा ५३८ जना सक्रिय संक्रमित छन् । हालसम्म ३ हजार ३१८ जनाको मृत्युसमेत भएको छ । काठमाडौँमा २१९७, ललितपुरमा ४३४ र भक्तपुरमा ६८७ संक्रमितको मृत्यु भइसकेको छ ।


काठमाडौँमा सक्रिय संक्रमित १०१८, संक्रमणमुक्त २ लाख ४६ हजार ७४५, मृत्यु २१९७ र कुल संक्रमित २ लाख ४९ हजार ९६० संक्रमित छन् । भक्तपुरमा सक्रिय संक्रमित ५१७, संक्रमणमुक्त २८ हजार ८३१, मृत्यु ४३४ र कुल संक्रमित २९ हजार ७८२ जना छन् ।

त्यसैगरी ललितपुरमा सक्रिय संक्रमित ५३८, संक्रमणमुक्त ४८ हजार २८८, मृत्यु ६८७ र कुल संक्रमित ४९ हजार ५१३ संक्रमित छन् ।


Author

थप समाचार
x