स्वास्थ्य

देशभर ११ को मृत्यु, ४६९ संक्रमित थपिए

इकागज |
कात्तिक १६, २०७८ मंगलबार १६:७ बजे

फाइल तस्बिर

काठमाडौँ- देशभर ४६९ जना नयाँ कोभिड-१९ संक्रमित थपिएका छन् । मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार १० हजार २८७ जनाको कोभिड परीक्षण गरिएको छ। पीसीआर परीक्षणबाट ४२२ र एन्टीजेन्ट विधिबाट ४७ जनामा कोभिड पुष्‍टि भएको थियो ।

२४ घण्टामा ५५५ संक्रमणमुक्त भएका छन् । हालसम्म ७ लाख ९२ हजार ८३२ जना संक्रमणमुक्त भइसकेका छन् । आज ११ जनाको मृत्यु भएकाे छ भने हालसम्म देशभर ११ हजार ४२७ जनाको कोभिड संक्रमणका कारण मृत्यु भइसकेको छ । देशभर सक्रिय संक्रमित ९ हजार १७४ जना छन् ।


आईसीयूमा २४१ र भेन्टीलेटरमा ७४ उपचाररत छन् । होम आईसोलेशनमा ८ हजार ४६८, संस्थागत आईसोलेशनमा ७०६ र क्वारेन्टिनमा १२० जना छन् ।


Author

थप समाचार
x