स्वास्थ्य

देशभर २३३३ जनाको कोभिड परीक्षण गर्दा १४३ संक्रमित थपिए

इकागज |
कात्तिक २१, २०७८ आइतबार १६:४७ बजे

फाइल तस्बिर

काठमाडौँ- देशभर नयाँ १४३ जना कोभिड-१९ संक्रमित थपिएका छन् । आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार २ हजार ३३३ जनाको कोभिड परीक्षण गरिएको थियो । पीसीआर परीक्षणबाट १४१ र एन्टीजेन्ट विधिबाट २ जनामा कोभिड पुष्‍टि भएको थियो ।

२४ घण्टामा ५६३ संक्रमणमुक्त भएका छन् । हालसम्म ७ लाख ९५ हजार ३९७ जना संक्रमणमुक्त भइसकेका छन् । ९ जनाको मृत्यु र हालसम्म देशभर ११ हजार ४४८ जनाको कोभिड संक्रमणका कारण मृत्यु भइसकेको छ । देशभर सक्रिय संक्रमित ७ हजार ७१३ जना छन् ।


आईसीयूमा १९७ र भेन्टीलेटरमा ४९ उपचाररत छन् । होम आईसोलेशनमा ७ हजार १२४, संस्थागत आईसोलेशनमा ५८९ र क्वारेन्टिनमा ११२ जना छन् ।


Author

थप समाचार
x