स्वास्थ्य

उपत्यकामा थपिए ११९ संक्रमित

सक्रिय संक्रमित करिब १६ सय

इकागज |
कात्तिक २१, २०७८ आइतबार १६:४८ बजे

फाइल तस्बिर

काठमाडौँ- उपत्यकामा ११९ कोभिड-१९ संक्रमित थपिएका छन् । आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार काठमाडौँमा ८०, ललितपुरमा ३६ र भक्तपुरमा ३ जना संक्रमित थपिएका हुन् ।

काठमाडौँमा सक्रिय संक्रमित ५६७, संक्रमणमुक्त २ लाख ४७ हजार ६८४, मृत्यु २२०३ र कुल संक्रमित २ लाख ५० हजार ४५४ संक्रमित छन् । भक्तपुरमा सक्रिय संक्रमित ४९९, संक्रमणमुक्त २८ हजार ९१४, मृत्यु ४३४ र कुल संक्रमित २९ हजार ८४७ जना छन् ।


त्यसैगरी ललितपुरमा सक्रिय संक्रमित ५०१, संक्रमणमुक्त ४८ हजार ४८६, मृत्यु ६९० र कुल संक्रमित ४९ हजार ६७७ संक्रमित छन् ।


Author

थप समाचार
x