स्वास्थ्य

देशभर थपिए ३९० संक्रमित, ५ को मृत्यु

इकागज |
कात्तिक २२, २०७८ सोमबार १६:१८ बजे

फाइल तस्बिर

काठमाडौँ- देशभर नयाँ ३९० जना कोभिड-१९ संक्रमित थपिएका छन् । सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार ५ हजार २६ जनाको कोभिड परीक्षण गरिएको थियो । पीसीआर परीक्षणबाट ३७१ र एन्टीजेन्ट विधिबाट १९ जनामा कोभिड पुष्‍टि भएको थियो ।

२४ घण्टामा ४२५ संक्रमणमुक्त भएका छन् । हालसम्म ७ लाख ९५ हजार ८२२ जना संक्रमणमुक्त भइसकेका छन् । ५ जनाको मृत्यु भएको र हालसम्म देशभर ११ हजार ४५३ जनाको कोभिड संक्रमणका कारण मृत्यु भइसकेको छ । देशभर सक्रिय संक्रमित ७ हजार ६५४ जना छन् ।


आईसीयूमा १८७ र भेन्टीलेटरमा ४३ उपचाररत छन् । होम आईसोलेशनमा ७ हजार ९४, संस्थागत आईसोलेशनमा ५६० र क्वारेन्टिनमा १११ जना छन् ।

 

 

 


Author

थप समाचार
x