स्वास्थ्य

उपत्यकामा थपिए १५२ संक्रमित

इकागज |
कात्तिक २२, २०७८ सोमबार १६:२२ बजे

फाइल तस्बिर

काठमाडौँ- उपत्यकामा १५२ कोभिड-१९ संक्रमित थपिएका छन् । सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ११७, ललितपुरमा २० र भक्तपुरमा १५ जना संक्रमित थपिएका हुन् ।

काठमाडौँमा सक्रिय संक्रमित ५६३, संक्रमणमुक्त २ लाख ४७ हजार ८०२, मृत्यु २२०६ र कुल संक्रमित २ लाख ५० हजार ५७१ संक्रमित छन् । भक्तपुरमा सक्रिय संक्रमित ५०२, संक्रमणमुक्त २८ हजार ९२६, मृत्यु ४३४ र कुल संक्रमित २९ हजार ८६२ जना छन् ।


त्यसैगरी ललितपुरमा सक्रिय संक्रमित ५०३, संक्रमणमुक्त ४८ हजार ५०४, मृत्यु ६९० र कुल संक्रमित ४९ हजार ६९७ संक्रमित छन् ।


Author

थप समाचार
x