देशभर कोभिड संक्रमणका कारण थप ६ जनाको मृत्यु, ३०६ संक्रमित थपिए
काठमाडौँ – नेपालमा आइतबार थप ३ सय ६ जनामा कोभिड संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ८ हजार ८ पीसीआर परिक्षणका क्रममा २ सय ९१ जना र १ हजार ५ सय ९८ एन्टीजेन परिक्षणका क्रममा १५ जनामा कोभिड संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
योसँगै नेपालमा काभिड संक्रमितको संख्या ९ लाख १२ हजार ५३ पुगेको छ । त्यस्तै कोभिड कारण थप ६ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ११ हजार ४ सय ७७ जनाको कोभिडका कारण मृत्यु भएको छ ।
त्यस्तै थप ३ सय ४८ संक्रमित निको हुँदा हालसम्म नेपालमा ७ लाख ९८ हजार २ सय ७४ जना निको भएका छन् । हाल नेपालमा ७ हजार २ सय १५ सक्रिय संक्रमित आइशोलेशन र ९८ जना क्वारेनटाइनमा रहेको मन्त्रालयले जनाएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया