देशभर थपिए ४१६, संक्रमित १ मृत्यु
प्रतिकात्मक तस्बिर
काठमाडौँ- देशभर थप ४१६ जना कोभिड-१९ का संक्रमित थपिएका छन् । सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार १२ हजार ४०२ जनाको कोभिड परीक्षण गरिएको थियो । पीसीआर परीक्षणबाट ३६७ र एन्टीजेन्ट विधिबाट ४९ जनामा कोभिड पुष्टि भएको छ ।
२४ घण्टामा २ सय ७० जना संक्रमणमुक्त भएका छन् । हालसम्म ७ लाख ९८ हजार ५ सय ४४ जना संक्रमणमुक्त भइसकेका छन् । त्यसैगरी १ जनाको मृत्यु भएको र हालसम्म ११ हजार ४७८ जनाको मृत्यु भइसकेको छ ।
आईसीयूमा २२५ र भेन्टीलेटरमा ६६ जना उपचाररत छन् । होम आईसोलेशनमा ६ हजार ७ सय ७९ , संस्थागत आईसोलेशनमा ५ सय ३२ र क्वारेन्टाइनमा ९८ जना छन् । देशभर सक्रिय संक्रमितको संख्या सात हजार तीन सय ११ जना रहेको स्वास्थ्यमन्त्रालयले जनाएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया