स्वास्थ्य

उपत्यकामा थपिए १४५ संक्रमित

इकागज |
कात्तिक ३०, २०७८ मंगलबार १६:३१ बजे

फाइल तस्बिर

काठमाडौँ- उपत्यकामा १४५ कोभिड-१९ संक्रमित थपिएका छन् । मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा १०१, ललितपुरमा ३३ र भक्तपुरमा ११ जना संक्रमित थपिएका हुन् ।

काठमाडौँमा सक्रिय संक्रमित ५ सय ३६, संक्रमणमुक्त २ लाख ४८ हजार ७ सय १०, मृत्यु २ हजार २ सय १५ र कुल संक्रमित २ लाख ५१ हजार ४६१ संक्रमित छन् । भक्तपुरमा सक्रिय संक्रमित ४ सय ७६, संक्रमणमुक्त २९ हजार ३४ सय मृत्यु ४ सय ३४ र कुल संक्रमित २९ हजार ९ सय ४४ जना छन् ।


त्यसैगरी ललितपुरमा सक्रिय संक्रमित ५ सय ५३ , संक्रमणमुक्त ४८ हजार ७ सय ३८ , मृत्यु ६९२ र कुल संक्रमित ४९ हजार ९ सय ८३ संक्रमित छन् ।


Author

थप समाचार
x