स्वास्थ्य

देशभर थपिए ४१२ संक्रमित, १ को मृत्यु

इकागज |
मंसिर १, २०७८ बुधबार १७:१ बजे

फाइल तस्बिर

काठमाडौँ- देशभर थप ४१२ जना कोभिड-१९ का संक्रमित थपिएका छन् । बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार ११ हजार ९९३ जनाको कोभिड परीक्षण गरिएको थियो ।  पीसीआर परीक्षणबाट ३६३ र एन्टीजेन्ट विधिबाट ४९ जनामा कोभिड पुष्‍टि भएको छ ।

२४ घण्टामा २ सय २ जना संक्रमणमुक्त भएका छन् । हालसम्म ७ लाख ९८ हजार ९ सय १६ जना संक्रमणमुक्त भइसकेका छन् । त्यसैगरी १ जनाको मृत्यु भएको र हालसम्म ११ हजार ४८३ जनाको मृत्यु भइसकेको छ ।


आईसीयूमा २२४ र भेन्टीलेटरमा ६० जना उपचाररत छन् । होम आईसोलेशनमा ७ हजार १ सय ६३ , संस्थागत आईसोलेशनमा ४ सय ७३ र क्वारेन्टाइनमा ९९ जना छन् ।

 


Author

थप समाचार
x