देशभर थपिए २९६ संक्रमित
प्रतिकात्मक तस्बिर
काठमाडौँ- देशभर थप २९६ जना कोभिड-१९ का संक्रमित थपिएका छन् । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार ८ हजार ९७२ जनाको कोभिड परीक्षण गरिएको थियो । पीसीआर परीक्षणबाट २६१ र एन्टीजेन्ट विधिबाट २५ जनामा कोभिड पुष्टि भएको छ ।
२४ घण्टामा ३ सय ६९ जना संक्रमणमुक्त भएका छन् । हालसम्म ७ लाख ९९ हजार ५ सय ४५ जना संक्रमणमुक्त भइसकेका छन् । त्यसैगरी ५ जनाको मृत्यु भएको र हालसम्म ११ हजार ४९४ जनाको मृत्यु भइसकेको छ ।
आईसीयूमा २३१ र भेन्टीलेटरमा ५६ जना उपचाररत छन् । होम आईसोलेशनमा ७ हजार ६० , संस्थागत आईसोलेशनमा ४ सय ७९ र क्वारेन्टाइनमा ९८ जना छन् ।
देशभर सक्रिय संक्रमित ७ हजार ५३९ जना छन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया