स्वास्थ्य

आज १२ देखि १७ वर्षसम्मकालाई फाईजर खोप लगाइँदै

इकागज |
मंसिर ५, २०७८ आइतबार ११:८ बजे

फाइल तस्बिर

काठमाडौँ- कोभिडविरुद्धको फाइजर खोप आजदेखि १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकाले पाउने भएका छन् । यसअघि यो खोप १२ देखि १७ वर्ष समूहका  दीर्घ रोगीलाई मात्रै दिइएको थियो।

स्वास्थ्य सेवा विभागको अनुसार बाँकी खोप १२ देखि १७ वर्ष उमेर समूहका निरोगी बालबालिका दिन थालिएको हो। खोपको मात्रामा थोरै रहेकाले पहिलो आउने मानिसलाई प्राथमिकतामा राखेर खोप दिइने विभागका खोप शाखाका प्रमुख सागर दाहालले बताए ।


उनकाअनुसार उक्त खोप करिब एउटा अस्पतालमा पाँच सयको हाराहारीमा खोप मौज्दात रहेको छ ।  करिब २७ देखि २८ सय बालबालिकाले मात्रै खोप दिइने विभागले जनाएको छ । 'आज एक दिनमात्र हो,' उनले भने,' बाँकी रहेमा अस्पताल मिलाएर वितरण गर्छन् ।' सम्भवतः खोप आज सकिन सक्ने उनले बताए ।

कहाँ–कहाँ पाइन्छ खोप ?

ललितपुरमा पाटन अस्पतालमा खोप लगाइने छ । काठमाडौँमा वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, निजामती सेवा अस्पताल, सहिद गंगालाल हृदय केन्द्र र वीरेन्द्र सैनिक अस्पतालमा खोप लगाइने छ।

कोभ्याक्स सुविधा अन्तर्गत नेपाललाई एक लाख ६२० डोज खोप प्राप्त भएको थियो। खोप काठमाडौं उपत्यकामा ८ र बाहिर १६ वटा गरी कुल २४ वटा अस्पतालमा केन्द्र तोकि गत २८ कात्तिकदेखि लगाउन पहिलो चरणको खोप लगाइएको थियो ।

यसको दोस्रो मात्रा अर्थात २७ मंसिरदेखि २ पुस सम्मका लागि तय गरिएको छ ।


Author

थप समाचार
x