स्वास्थ्य

देशभर थपिए २ सय ३८ संक्रमित

इकागज |
मंसिर ५, २०७८ आइतबार १६:३६ बजे

फाइल तस्बिर

काठमाडौँ-  आइतबार देशभर २ सय ३८ जना कोभिड-१९ का संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार ९ हजार १ सय २३ जनाको कोभिड परीक्षण गरिएकोमा यी संख्याका संक्रमित थपिएका हुन् । पीसीआर परीक्षणबाट २ सय ३२ र एन्टीजेन्ट विधिबाट ६ जनामा कोभिड पुष्‍टि भएको छ ।

२४ घण्टामा ३ सय ७० जना संक्रमणमुक्त भएका छन् । हालसम्म ८ लाख ३ सय ५९ जना संक्रमणमुक्त भइसकेका छन् । यस्तै १ जनाको मृत्यु भएको र हालसम्म ११ हजार ४ सय ९६ जनाको मृत्यु भइसकेको छ । देशभर सक्रिय संक्रमित ७ हजार १ सय ६४ जना छन् ।


आइसीयूमा २ सय २७ र भेन्टीलेटरमा ५१ जना उपचाररत छन् । होम आइसोलेशनमा ६ हजार ६ सय ९६ , संस्थागत आइसोलेशनमा ४ सय ६८ र क्वारेन्टाइनमा ९८ जना छन् ।


Author

थप समाचार
x