उपत्यकामा थपिए १ सय ३० संक्रमित
काठमाडौंमा ५ सयभन्दा कम सक्रिय संक्रमित
फाइल तस्बिर
काठमाडौँ- उपत्यकामा १ सय ३० कोभिड-१९ संक्रमित थपिएका छन् । आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ९८, ललितपुरमा २४ र भक्तपुरमा ८ जना संक्रमित थपिएका हुन् ।
काठमाडौंमा सक्रिय संक्रमित ४ सय ६६, संक्रमणमुक्त २ लाख ४९ हजार २ सय ३१, मृत्यु २ हजार २ सय १६ र कुल संक्रमित २ लाख ५१ हजार ९१३ संक्रमित छन् । भक्तपुरमा सक्रिय संक्रमित ४ सय ५८, संक्रमणमुक्त २९ हजार ९६, मृत्यु ४ सय ३४ र कुल संक्रमित २९ हजार ९ सय ८८ जना छन् । त्यसैगरी ललितपुरमा सक्रिय संक्रमित ५ सय ५३ , संक्रमणमुक्त ४८ हजार ८ सय ६६ , मृत्यु ६९२ र कुल संक्रमित ५० हजार १ सय ११ संक्रमित छन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया