स्वास्थ्य

काेभिड अपडेट

साेमबार थपिए ३८५ जना संक्रमित

इकागज |
मंसिर ६, २०७८ सोमबार १६:१९ बजे

फाइल तस्बिर

काठमाडौँ - देशभर ३८५ जना कोभिड-१९ का संक्रमित थपिएका छन् । सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार १२ हजार ६९७ जनाको कोभिड परीक्षण गरिएको थियो । पीसीआर परीक्षणबाट ३६७ र एन्टीजेन्ट विधिबाट १८ जनामा कोभिड पुष्‍टि भएको छ ।

२४ घण्टामा २ सय ५८ जना संक्रमणमुक्त भएका छन् । हालसम्म ८ लाख ६१७ जना संक्रमणमुक्त भइसकेका छन् । त्यसैगरी ४ जनाको मृत्यु भएको र हालसम्म ११ हजार ५ सय जनाको मृत्यु भएकाे मन्‍त्रालयले जनाएकाे छ । देशभर सक्रिय संक्रमित ७ हजार २ सय ६९ जना छन् ।


आईसीयूमा २३० र भेन्टीलेटरमा ५५ जना उपचाररत छन् । होम आईसोलेशनमा ६ हजार ८ सय २७ , संस्थागत आईसोलेशनमा ४ सय ४२ र क्वारेन्टाइनमा ९८ जना छन् ।

 

 


Author

थप समाचार
x