स्वास्थ्य

उपत्यका प्रवेश गर्ने नाकामा एक महिनासम्म खोप अभियान कार्यक्रम चल्दै

इकागज |
मंसिर ७, २०७८ मंगलबार ११:५२ बजे

फाइल तस्बिर

काठमाडौँ- सरकारले उपत्यका प्रवेश गर्ने मुख्य नाकाबाट एक महिनासम्म कोभिडविरुद्धको खोप लगाइदिने भएको छ । मङ्सिर ५ गतेदेखि पुस ५ गतेसम्म भेरोसेल र अष्‍ट्राजेनिका खोप लगाउने व्यवस्था गर्ने भएको हो ।

बयोधा अस्पताल बल्खु, जडीबुटी प्रशोधन केन्द्र कोटेश्‍वर, नयाँ बसपार्क गोंगबु र कलंकी चोकमा खोप उपलब्ध गराउने स्वास्थ्य सेवा विभागअन्तर्गतको परिवार कल्याण महाशाखाले जनाएको छ ।


सबैलाई सहजै खोप उपलब्ध गराउने उदेश्यले चार स्थानबाट वितरण गर्न लागेको महाशाखाले बताएको छ । 'कोभिड नियन्त्रण गर्न  पनि खोप लगाउन एकदम महत्त्वपूर्ण छ,' विभागले जारी गरेको सूचनामा उल्लेख छ ।


Author

थप समाचार
x