स्वास्थ्य

बिहीबार देशभर थपिए ३०८ संक्रमित

इकागज |
मंसिर ९, २०७८ बिहीबार १६:३४ बजे

फाइल तस्बिर

काठमाडौँ- देशभर ३०८ जना कोभिड-१९ का संक्रमित थपिएका छन् । बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार ८ हजार ९ सय ९ जनाको कोभिड परीक्षण गरिएको थियो ।  पीसीआर परीक्षणबाट २८१ र एन्टीजेन्ट विधिबाट २७ जनामा कोभिड पुष्‍टि भएको छ ।

२४ घण्टामा २ सय ९८ जना संक्रमणमुक्त भएका छन् । हालसम्म ८ लाख १ हजार ४ सय २० जना संक्रमणमुक्त भइसकेका छन् । त्यसैगरी ३ जनाको मृत्यु भएको र हालसम्म ११ हजार ५ सय १६ जनाको मृत्यु भइसकेको छ ।


देशभर सक्रिय संक्रमित ७ हजार ३ सय ४९ जना छन् ।

आईसीयूमा १ सय ९७ र भेन्टीलेटरमा ४१ जना उपचाररत छन् । होम आईसोलेशनमा ६ हजार ९ सय ६१ , संस्थागत आईसोलेशनमा ३ सय ८८ र क्वारेन्टाइनमा १ सय ३ जना छन् ।

 

 


Author

थप समाचार
x