स्वास्थ्य

कैलालीमा बालबालिकालाई पुगेन कोभिडविरुद्धको खोप

दीपक उपाध्याय |
मंसिर ११, २०७८ शनिबार १५:५४ बजे

कैलाली – सेती प्रादेशिक अस्पताल धनगढीमा २ हजार चार सय जनाले कोभिड–१९ विरुद्ध खोपको पहिलो मात्रा लगाएका छन् । १२ देखी १८ वर्ष उमेर समूहका व्यक्तिले फाइजर खोप लगाएका हुन् ।  

तर पर्याप्त मात्रामा खोप नआएकाले बालबालिकालाई सुलभ रूपमा खोप लगाउन समस्या भएको स्वास्थ्यकर्मीले बताएका छन् । कात्तिक २८ देखि मंसिर २ सम्म १ हजार ३ सय ७ पुरुष र १ हजार ९३ गरी २ हजार ४ सय जनाले फाइजर खोप लगाएको सेती प्रादेशिक अस्पतालकी सिनियर अनमी निरीक्षक भगवती बडालले बताइन् ।


‘दीर्घरोगी, बालगृहमा रहेका बालबालिका र अन्य बालबालिकालाई कोभिड–१९ विरुद्धको पहिलो खोप लगाइएको हो,’ उनले भनिन्, ‘दोश्रो डोज मंसिर २७ देखि पुस २ गतेसम्म लागाइने छ ।’ पर्याप्त मात्रामा खोप नआएपछि धेरै बालबालिका खाेप लगाउनबाट छुटेकाले खोपको संख्या बढाउन उनले सरकारसँग आग्रह गरिन् ।


Author

दीपक उपाध्याय

उपाध्याय इकागजका सुदूरपश्‍चिम प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x