स्वास्थ्य

आइतबार देशभर थपिए १५८ संक्रमित

इकागज |
मंसिर १२, २०७८ आइतबार १५:५६ बजे

फाइल तस्बिर

काठमाडौँ- देशभर १५८ जना कोभिड-१९ का संक्रमित थपिएका छन् । आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार ८ हजार ९ सय १८ जनाको कोभिड परीक्षण गरिएको थियो ।  पीसीआर परीक्षणबाट १५४ र एन्टीजेन्ट विधिबाट ४ जनामा कोभिड पुष्‍टि भएको छ ।

२४ घण्टामा ३ सय ४२ जना संक्रमणमुक्त भएका छन् । हालसम्म ८ लाख २ हजार ३ सय ८९ जना संक्रमणमुक्त भइसकेका छन् । त्यसैगरी २ जनाको मृत्यु भएको र हालसम्म ११ हजार ५ सय २३ जनाको मृत्यु भइसकेको छ ।


देशभर सक्रिय संक्रमित ६ हजार ९ सय ६६ जना छन् ।

आईसीयूमा १ सय ७१ र भेन्टीलेटरमा ३३ जना उपचाररत छन् । होम आईसोलेशनमा ६ हजार ५ सय ८९ , संस्थागत आईसोलेशनमा ३ सय ७७ र क्वारेन्टाइनमा ९८ जना छन् ।

 

 


Author

थप समाचार
x