स्वास्थ्य

कोभिडको ओमिक्रोन भाइरस : यात्रा व्यवस्थापनसम्बन्धी आदेश जारी गर्दै सरकार

इकागज |
मंसिर १४, २०७८ मंगलबार १५:१४ बजे

काठमाडौँ – सरकारले कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन देखिएका मुलुकबाट आउने यात्रुका लागि यात्रा व्यवस्थापनसम्बन्धी आदेश जारी गर्ने भएको छ । सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीकाअनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र भारतसँग सीमा जोडिएका नाकामा सहायता कक्ष स्थापना गरेर विदेशबाट आउने व्यक्तिमा ओमिक्रोन भारसको संक्रमण छ या छैन भन्ने निगरानी भइरहेको पनि बताए । 

दक्षिण अफ्रिकी मुलुक, जापान, यूरोपका केही देशमा ओमिक्रोन भाइरसको संक्रमण पुष्टि भइसकेको छ । छिमेकी देश भारतले पनि यस भाइरसको रोकथामको लागि तयारी सुरु गरेको जनाएको छ ।  



Author

थप समाचार
x