स्वास्थ्य

बुधबार थपिए ३१६ कोभिड संक्रमित

इकागज |
मंसिर १५, २०७८ बुधवार १७:१७ बजे

काठमाडौँ -  नेपालमा बुधबार ३ सय १६ जनामा कोभिड संक्रमण पुष्टि भएको छ ।  देशभर गरिएको १० हजार ९ सय १९ पिसिआर परिक्षणका क्रममा २ सय ८५ जना र १ हजार ८ सय ८ एन्टीजेन परिक्षणका क्रममा ३१ जनामा कोभिड संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोभिड संक्रमितको संख्या ९ लाख १७ हजार १ सय ८० पुगेको छ ।

त्यस्तै कोभिडका कारण थप ३ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ११ हजार ५ सय २९ जनाको कोभिडका कारण मृत्यु भएको छ । त्यस्तै थप २ सय ५९ संक्रमित कोभिडमुक्त हुँदा हालसम्म नेपालमा ८ लाख ३ हजार १ सय ६८ संक्रमित निको भएका छन् । हाल नेपालमा ६ हजार ९ सय ५४ सक्रिय संक्रमित आइशोलेशनमा र ९८ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।  



Author

थप समाचार
x