स्वास्थ्य

आठ महिनापछि कोभिड संक्रमित मृत्युदर शून्य

इकागज |
मंसिर १७, २०७८ शुक्रवार १६:३३ बजे

काठमाडौँ- पछिल्लो २४ घण्टामा कुनै पनि कोभिड संक्रमितको भएको छैन । शुक्रबार स्वास्थ्य तथा जनसंख्य मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार कुनै पनि संक्रमितको मृत्यु नभएको उल्लेख छ । हालसम्म ११ हजार ५ सय ३५ जनाको मृत्यु भइसकेको छ । कोभिडको दोस्रो लहरपछि नेपालमा पहिलो पटक मृत्युदर शून्यमा झरेको हो । 

आठ महिनापछि मृत्युदर पहिलोपटक शून्यमा आयो । गत वर्षको चैत १६ गते कुनै पनि संक्रमितको मृत्यु भएको थिएन् । सोही दिनसम्ममा मुलुकमा ३ हजार २७ जनाको मृत्यु भएको थियो ।


२४६ जना कोभिड-१९ का संक्रमित थपिएका छन् । मन्त्रालयकाअनुसार ७ हजार ८ सय ३६ जनाको कोभिड परीक्षण गरिएको थियो ।  पीसीआर परीक्षणबाट २२३ र एन्टीजेन्ट विधिबाट २३ जनामा कोभिड पुष्‍टि भएको छ ।

त्यसैगरी ३ सय ४७ जना संक्रमणमुक्त भएका छन् । हालसम्म ८ लाख ३ हजार ७ सय १६ जना संक्रमणमुक्त भइसकेका छन् । देशभर सक्रिय संक्रमित ६ हजार ९ सय २१ जना छन् ।

आईसीयूमा १ सय ७ र भेन्टीलेटरमा ३४ जना उपचाररत छन् । होम आईसोलेशनमा ६ हजार ५ सय ७९ , संस्थागत आईसोलेशनमा ३ सय ४२ र क्वारेन्टाइनमा ९८ जना छन् ।


Author

थप समाचार
x