स्वास्थ्य

माइग्रेन किन हुन्छ?

इकागज |
मंसिर २०, २०७८ सोमबार ७:५ बजे

फाइल तस्बिर

काठमाडौँ-  माइग्रेन के हो ? माइग्रेन भनेको टाउको दुख्‍ने रोग हो । बारम्बार बल्क-बल्क गरेर आधा टाउको दुख्ने रोग नै माइग्रेन हो । माइग्रेन हुँदा च्वास्च्वास् घोचे जसरी सहनै गाह्रो हुने गरी टाउको दुख्छ । मस्तिष्कमा जैविक रसायनको असन्तुलन हुँदा मस्तिष्कको काममा परिवर्तन आउँछ । जसले गर्दा मस्तिष्क वरपरका रक्तनलीहरू सुनिन्छ र टाउको दुख्छ ।

माइग्रेन कुन उमेर समूहका मानिसलाई बढी हुन्छ ?


माइग्रेन सबै उमेरका मानिसलाई हुन सक्छ । तर तुलानात्मकरूपमा बढी तनाव लिने मानिस र महिलालाई बढी हुन्छ ।

माइग्रेन हुने प्रमुख कारण :

वंशाणुगत गुण, मानसिक तनाव, चिया तथा कफीको बढी प्रयोग, अनिन्द्रा ,धुम्रपान तथा मध्यपानको बढी सेवनले माइग्रेन हुने व्यक्तिलाई अझ बढाउँछ । पीडा कम गर्ने औषधि (पेनकिलर)को बढी प्रयोग ।

लक्षण : यो रोग लागेपछि लामो समयसम्म रहन्छ । व्यक्ति अनुसार फरक पर्नसक्छ यसका लक्षणहरू, टाउकाको एक भाग दुख्‍ने, अति कम व्यक्तिलाई टाउकाको दुबै भाग दुख्‍न पनि सक्छ,टाउकाको दाँया–बाँया, अगाडि–पछाडि सरिसरी एक भाग दुख्‍ने । वाक्वाकी लाग्ने, हात खुट्टा झम्झमाउने । कहिलेकाहीँ टाउको पछाडि घाँटीको केही भाग दुख्‍ने, अल्छि लाग्ने, थकाई लाग्‍ने ।

रोकथामका उपाय :

अत्याधिक क्याफिन हुने कुरा कफि, चिया, चकलेटहरूको प्रयोग नगर्ने । तनावबाट मुक्त हुने । घाममा धेरैबेर नबस्ने । माइग्रेन हुँदा दुखाई गर्ने धेरै औषधि सेवन गर्नु उचित हुँदैन ।

 


Author

थप समाचार
x