नेपालमा पनि कोभिड-१९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ पुष्टि
काठमाडौँ - नेपालमा पनि कोभिड-१९ को नयाँ भेरियन्ट ओमिक्रोन पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार पत्रकार सम्मेलन गर्दै नेपालमा ओमिक्रोन भेरियन्टको संक्रमण पुष्टि भएको जानकारी दिएको हो । दक्षिण अफ्रिकाबाट आएका दुई जनाको नमुना संकलन गरेर जिन स्विकन्सिङ गर्दा ओमिक्रोन भेरियन्टको सङ्क्रमण भेटिएको मन्त्रालयले जनाएको छ ।
६६ वर्षीय एक जना विदेशी नागरिकसहित उनको सम्पर्कमा आएका ७६ वर्षीय एक जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । उनीहरूको सम्पर्कमा आएकाहरूको कन्ट्याक्ट ट्रेसिंग गरिएको, कन्ट्याक्ट ट्रेसिंगबाट प्राप्त ६६ जना सम्पर्कहरूको पिसिआर परीक्षण गर्दा सबैको नतिजा नेगेटिभ आएको मन्त्रालयले जनाएको छ । यो भेरिएन्ट पहिलो पटक २४ नोभेम्बर २०२१ मा दक्षिण अफ्रिकामा पुष्टि भएको थियो । हालसम्म यो भेरिएन्ट विश्वका ३५ देशहरूमा फैलिसकेको छ । दक्षिण अफ्रिकामा पहिलोपटक देखिएको ओमिक्रोन भेरियन्टको संक्रमण विश्वका विभिन्न देशमा फैलिने क्रममा छ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया