स्वास्थ्य

२८० जनामा कोभिड संक्रमण पुष्टि, ३६६ जना संक्रमणमुक्त

इकागज |
मंसिर २२, २०७८ बुधबार १६:५३ बजे

फाइल तस्बिर

काठमाडौँ- बुधबार देशभर २८० जनामा कोभिड-१९ संक्रमित थपिएका छन् । गत २४ घण्टामा आरटी–पीसीआर र एन्टिजेन विधिबाट १२ हजार १७४ जनाको नमूना परीक्षण गर्दा बुधबार २८० जनामा संक्रमण पुष्टि भएको हो ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार १६८ जनाको पीसीआर र ३ हजार ६ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। 

पीसीआर परीक्षणबाट २५५ जना र एन्टिजेन परीक्षणबाट २५ जनामा संक्रमण पुष्टि भएको हो ।  २ जना संक्रमितको मृत्यु भएको छ। हालसम्म कोभिड संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ५४७ पुगेको छ । 


त्यसैगरी ३६६ जना कोभिड संक्रमणबाट मुक्त (निको) भएका छन् । मन्त्रालयका अनुसार हाल देशभर हाल ६ हजार २३९ जना सक्रिय संक्रमित रहेका छन्।

 

 

 


Author

थप समाचार
x