नेपालमा कुल जनसंख्याको ३१ प्रतिशतले कोभिडविरुद्धको खोप लगाए
फाइल तस्बिर
काठमाडौँ- नेपालमा कोभिडविरुद्धको पूर्ण मात्रा खोप कुल जनसंख्याको ३१ दशमलव शून्य प्रतिशतले लगाएका छन् । त्यसैगरी पहिलो मात्रा ३८ दशमलव २ प्रतिशतले कोभिडविरुद्धको खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
लक्षित जनसंख्याको पहिलो मात्रा खोप ५८ दशमलव २ प्रतिशत र पूर्ण मात्रा खोप ४७ दशमलव २ प्रतिशतले लगाएका छन् । सरकारले कोभिडविरुद्धको खोपलाई निरन्तरता दिदै आएको छ । खोप लगाउने कार्यमा सबैको साथ र सहयोग रहेको मन्त्रालयले जनाएको छ ।
सरकारले समयमा नागरिकलाई कोभिडविरुद्धको खोप उपलब्ध गराउन प्रतिबद्ध रहेको बताउँदै आएको छ । सबलाई प्रतिबद्धता अनुरुप खोप उपलब्ध गराउन विभिन्न विकल्पहरू अपनाउदै आएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया