स्वास्थ्य

गण्डकी प्रदेशभा १८६ कोभिड संक्रमित थपिए

इकागज |
पुस ३०, २०७८ शुक्रबार १६:१३ बजे

काठमाडौँ – गण्डकी प्रदेशमा १८६ जना कोभिड संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा ४२२ जनामा गरिएको परीक्षणमा १८६ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये पीसीआर प्रविधिबाट १५२ र एन्टिजिन परीक्षणबाट ३४ जना संक्रमित भेटिए । 

पछिल्लो २४ घण्टामा संक्रमित हुनेमा कास्कीमा ९५, लमजुङ १,बागलुङ २, स्याङजा १०, म्याग्दी ५,मुस्ताङ २, तनहुँ १६ र नवपरासी पूर्वमा ५५ जना रहेको प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । योसँगै प्रदेशमा कोरोना संक्रमित हुनेको संख्या ८९ हजार २३२ पुगेको छ । 



गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १ हजार ४ सय २८ रहेको छ । प्रदेशमा पछिल्लो चौविस घण्टामा थप १८ जना संक्रमणमुक्त भएका छन । प्रदेशमा हालसम्म संत्रमणमुक्त हुनेको संख्या ८७ हजार ४० पुगेको छ ।
 


Author

थप समाचार
x