स्वास्थ्य

कोभिड संक्रमितले के खाने के नखाने ?

इकागज |
माघ ४, २०७८ मंगलबार ७:५९ बजे

फाइल तस्बिर

काठमाडौँ- केही सातादेखि यता मुलुकमा कोभिड-१९ संक्रमित बढ्दै गएको छ । ओमिक्रोन भेरियन्ट देखा परेसँगै संक्रमितको संख्या ह्यवात्तै बढेको हो । यतिखेर धेरै संक्रमित आफ्नै घरलाई आइसोलेसन बनाएर बसेका छन् । ह्वात्तै संक्रमित बढेपछि के खाने र कसरी सुरक्षित रहने भने चिन्ता पनि बढ्दै गएको छ ।

संक्रमित भएपछि शरीरमा रोग प्रतिरोधात्मक (इम्युनिटी पावर) क्षमता कम हुने गर्छ । यस्तो अवस्थामा शरीरलाई ताजा र स्वस्थ खालको नियमित सन्तुलित आहार (ब्यालेन्स डाइट) जरुरी हुन्छ ।


रोग लाग्दा सदा शरीर कमजोर महसुस हुन्छ । शरीर बलियो भएमा रोगसँग लड्ने शक्ति प्राप्‍त हुन्छ । जसले शरीरलाई लामो समयसम्म मजबुत राख्‍न मद्दत गर्छ ।

घरमा बसेका संक्रमित वा संक्रमण हुनबाट बचेका मानिसले के खाने के नखाने भनी चिकित्सकसँग गरिएको कुराकानीमा आधारित :

मनतातो पानी, बेसार, बोझो, अदुवा, मरिच, तेजपात, लेमन ग्रास, तुलसी, ज्वानो, जिरा, मेथी, दालचिनी, ल्वाङ, सुक्मेल र  कागती मिसाएर बनाएर खानुपर्छ । भान्सामा उपलब्ध हुने आयुर्वेद जन्य पदार्थलाई खाने गर्नुपर्छ ।  पटकपटक गरी पानी २४ घण्टामा ४ या ५ पटकसम्म पिउन सक्नुहुन्छ ।

तुलसी र बेसार पानी समय-समयमा चियाको रुपमा पिउनुपर्छ । दैनिक रुपमा पाक्ने खानेकुरा खानुपर्छ । चिसो पेयपदार्थ र अल्कोहल खानुहुँदैन ।

बिहानको खाजाको रुपमा नियमित खाने अन्डा, रोटी तरकारी सन्तुलित खानासँगै खाएर शारीरिक ब्यायाम गर्न सकेमा राम्रो हुन्छ । संक्रमितको अवस्था हेरेर गर्नुपर्छ । सामान्यतया दैनिक घरमा उपलब्ध हुने ताजा खाना दाल, भात र तरकारी उत्तम मानिन्छ ।

घरमा बसेका संक्रमित वा संक्रमण नभएका मानिसले मेडिकलमा उपलब्ध हुने भिटामिन जन्य औषधि खानुहुFदैन । दाल जस्ता झोलजन्य पदार्थ सेवन गर्नुपर्छ ।

माछामासु मजाले खान हुन्छ । यस्तो समयमा झोल पदार्थ खानुपर्छ । पौष्‍टिक आहारलाई एकदमै ध्यान दिनुपर्छ । ताजा तरकारी र फलफूल शरीरले डाइजेष्‍ट गर्ने खालको हुनुपर्छ ।


Author

थप समाचार
x