स्वास्थ्य

सप्तरीमा काेभिड खाेप लगाएकी महिलाको संक्रमणबाट मृत्यु

इकागज |
माघ ४, २०७८ मंगलबार १४:७ बजे

फाइल फाेटाे

सप्तरी- सप्तरीमा काेभिड संक्रमित एक जना महिलाको मृत्यु भएको छ। सप्तरीको रूपनी गाउँपालिका-१ की ७५ वर्षीया महिलाको काेिभडबाट मृत्यु भएको हो।

१ माघमा ज्वरो आएपछि उनलाई राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना गरिएको थियोे । पीसीआर परीक्षणका लागि २ गते स्वाब लिइएको थियो । ३ माघमा रिपोर्ट पोजेटिभ आएकै दिन उपचारको क्रममा मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालयका निमित्त प्रमुख दुनियाँलाल यादवले बताए।


उनले भने, ´महिलाले भ्याक्सिन लिएको भए पनि लामो समयदेखि सुगर रोगबाट पीडित भएर इन्सुलिन लिँदै आएकी थिइन्।’

२ माघमा पीसीआरका लागि ७५ जनाको स्वाब संकलन गरेकोमा  ६५ जनाको रिपोर्ट पोजेटिभ आएको प्रमुख यादवको भनाइ छ। यो सँगै सप्तरीमा कोभिड पोजेटिभको संख्या एक सय पाँच पुगेको छ।

संक्रमितमध्ये अधिकांश सुरक्षा निकाय र न्यायालयका रहेको यादवले बताए । उनीहरू होम आइसोलेसनमा छन्।


Author

थप समाचार
x