स्वास्थ्य

खोप सकियाे: केन्द्रमा दुई सय पुर्‍याइने,पहिलो मात्रा लगाएकाले खोप पाउने

इकागज |
माघ ६, २०७८ बिहीबार ९:१४ बजे

काठमाडौँ- कोभिड-१९ विरुद्धको भेरोसेलको पहिलो मात्रा लगाएकाले मात्र खोप पाउने भएका छन् । खोप भण्डारणमा भेरोसेल सकिएकाले उपत्यकाको खोप केन्द्रमा सबैले पहिलो र बुस्टर मात्रा नपाउने भएका हुन् ।

केन्द्रमा कोभिसिल्ड र जोनसन एण्ड जोनसन खोपको मात्रा बढी भएकाले सो खोप लगाउनका लागि स्वास्थ्य कार्यालयले आग्रह गरिरहेको छ ।


टेकुस्थित भण्डारणमा पर्याप्‍त भेरोसेल खोप नभएकाले सहजै भेरोसेल नपाउने स्वास्थ्य कार्यालय काठमाडौँका प्रमुख शम्भु काफ्लेले जानकारी दिए । उनकाअनुसार बुधबारदेखि विभागले केन्द्रलाई एक सयदेखि दुईसय मात्रा पुग्‍ने गरी उपलब्ध गराएको छ । 'काठमाडौँका प्रत्येक केन्द्रलाई हामीले एक सयदेखि दुई सयसम्म खोप वितरण गर्नेछौ,' उनले भने ।

भेरोसेलदेखि बाहेक अन्य खोप लगाउने हो भने पर्याप्‍त मात्रा खोप रहेको काफ्लेले बताए । कोभिशिल्ड र जोनसन एण्ड जोनसन खोप लगाउनसमेत उनले आग्रह गरे ।

सरकारले फ्रन्टलाइनरमा काम गर्नेलाई माघ २ गतेदेखि बुस्टर खोप लगाउने निर्णय गरेको थियो । काठमाडौँको विभिन्न १९ वटा खोप केन्द्रबाट वितरण गर्ने सूचना जारी गरेको छ ।

हिजोदेखि पहिलो,दोस्रो र बुस्टरको मात्रा लगाउन गएका धेरै मानिसहरू खोप नलगाइ फर्किएका थिए । विभिन्न खोपकेन्द्रमा राती एक बजेदेखि खोपको टोकन लिन लाइन बसेका छन् । खोप केन्द्रका कर्मचारीले भेरोसेल नपाइने अन्य कम्पनीको मात्र खोप पाइने बताउँदै आइरहेका छन् । बानेश्‍वरस्थित सिभिल अस्पतालका कर्मचारीले लाइनमा बसेकालाई भेरोसेल खोप नपाइने बताइरहेका छन् ।

काफ्लेले अधिकांश फ्रन्टलाइनरले कोभिशिल्डको मात्रा लगाएको बताए । पहिले-पहिले लगाउनेलाई खोपको समस्या नहुने बताए ।

स्वास्थ्य सेवा विभागले कोभिडविरुद्धको पहिलो मात्रा खोप लगाउन आउन गरिकहरुलाई कोभिशिल्ड/एस्ट्राजेनिका खोप लगाइदिन सबै स्वास्थ्य कार्यालयहरुलाई निर्देशन दिएको छ ।

भेरोसेल खोपको मौज्दात देशैभर न्यून भएको भन्दै विभागले पहिलो मात्रा लगाउन आउनेहरु सबैलाई कोभिशिल्ड खोप दिन भनेको हो ।

 

 

 

 

 

 


Author

थप समाचार
x