स्वास्थ्य

ओमिक्राेनकाे त्रास : यी १४ जिल्ला 'रेड जाेन'मा

इकागज |
माघ ६, २०७८ बिहीबार १८:१५ बजे

काठमाडौं –  नेपालमा कोभिड-१९ को नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण बढ्दै जाँदा १४ जिल्ला 'रेड जाेन'मा परेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, काभ्रे, मोरङ, सुनसरी, झापा, कास्की, बाँके, रुपन्देही, कैलाली र धनुषा गरी १४ जिल्लामा रेड जाेनमा परेका हुन् ।


मन्त्रालयका अनुसार ती १४ जिल्लामा संक्रिय संक्रमित ५ सयभन्दा बढी रहेका छन् । बिहीबार सक्रिय संक्रमित ५ सयभन्दा बढी हुने जिल्लाको सूचीमा प्रदेश २ को धनुषा थपिएसँगै सक्रिय संक्रमित ५ सयभन्दा बढी हुने जिल्लाको संख्या १४ पुगेको मन्त्रालय जनाएकाे छ ।

पछिल्लो २४ घण्टामा १२३३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो नेपालमा कोरोना संक्रमण भित्रिएयता एकैदिनमा पुष्टि भएको सबभन्दा धेरै संक्रमित संख्या हो । 


Author

थप समाचार
x