स्वास्थ्य

जिल्ला प्रशासन कार्यालय तेह्रथुमको सेवा एक साताका लागि बन्द

इकागज |
माघ ६, २०७८ बिहीबार २०:३२ बजे

तेह्रथुम -  जिल्ला प्रशासन कार्यालय तेह्रथुमका कर्मचारीमा कोभिड संक्रमण देखिएपछि प्रशासनबाट प्रवाह हुने सेवा स्थगन गरिएको छ । कोभिड १९ नयाँ भेरियन्ट ओमिक्रोन पछिल्लो समय तीब्र रूपमा फैलिनुका साथै कर्मचारीसमेत संक्रमण भएकोले एक साता सेवा स्थगन गरेको जिल्ला प्रशासन तेह्रथुमले जनाएको छ । 

जिल्ला प्रशासन कार्यालय तेह्रथुमका प्रमुख जिल्ला अधिकारी अनोजकुमार घिमिरेले  बिहीबार सूचना प्रकाशित गर्दै सेवा स्थगन गरिएको जानकारी दिएका छन् । 



Author

थप समाचार
x