स्वास्थ्य

स्वास्थ्य मन्त्रालयलाई थाहै छैन मधेस प्रदेश !

इकागज |
माघ ७, २०७८ शुक्रबार १८:३६ बजे

काठमाडौँस्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दैनिक कोभिड-१९ संक्रमितको विवरण सार्वजनिक गर्छ । केही समययता मन्त्रालयले देशभरको, जिल्ला र प्रदेश तहगतकै संक्रमितको विवरणको जानकारी दिने गरेको छ । 

मन्त्रालयले सबै जिल्ला र प्रदेशको नाम उल्लेख गरेर संक्रमित भएको विवरण सामाजिक सञ्‍जालमा सार्वजनिक गरिरहेको छ । मन्त्रालयको गतिविधिले आम सामाजिक सञ्‍जाल प्रयोगकर्ता तथा सञ्‍चारकर्मीलाईसमेत संक्रमितको विववरण थाहा पाउन सहज भएको छ । 


मधेस प्रदेशको जनताले आफ्‍नो प्नदेशको नाम राख्‍दासमेत  यता मन्त्रालयले भने प्रदेशको नाम उल्लेख गरेको छैन । तर, अन्य प्रदेशको परिवर्तन भएको नाम उल्लेख गरेर संक्रमितको तथ्यांक प्रकाशित गर्ने गरेको छ ।

 गत सोमबार प्रदेश २ को नाम 'मधेस' नामाकरण भयो । प्रदेश सभा बैठकले प्रदेश सभाको नाम 'मधेस' प्रदेश राख्‍ने प्रस्ताव दुई तिहाइ बहुमतका साथ पास गरेको थियो  । सोही बमोजिम अब  प्रदेश २ को नाम विधिवत रुपमा मधेस प्रदेशको रुपमा नामाकरण भइसकेको छ ।

नाम घोषणा गरेको पाँच दिन भइसकेको छ । तर, मन्त्रालयले हरेक दिनको संक्रमित विवरण सार्वजनिक गर्दा पनि मन्त्रालयले मधेस प्रदेश नलेखेर प्रदेश २ लेख्‍ने गरेको छ ।

मधेश प्रदेशका आम मानिसले मधेश प्रदेश नामाकरण भइसकेको जानकारी पाइसकेका छन् । मधेस प्रदेश नाम तोकिएको सोहि दिन देशभरका विभिन्न सञ्चार माध्यमले सार्वजनिक गरेका थिए । तर, संघीय सरकारको मातहतमा रहेको स्वास्थ्य मन्त्रालयलाई मधेस प्रदेशको नाम थाहा छैन । हरेक दिनको प्रदेशगत संक्रमितको विवरण सार्वजनिक गर्दा प्रदेश २ नै लेख्‍ने गरेको छ ।

स्वास्थ्य मन्त्रालयका सह-प्रवक्ता डा. समिरकुमार अधिकारीकाअनुसार प्रदेश २ को नाम परिवर्तन गरिन्छ । 'भोलिबाट मन्त्रालयले सार्वजनिक गर्ने विववरणमा प्रदेशको नाम मधेस भएर आउछ,' उनले भने ।

विधिवत रुपमा प्रदेश २ को मधेस नामाकरण भइसकेको छ । स्वास्थ्य मन्त्रालयले अबदेखि मधेस प्रदेश राखेर कोभिडको विवरण सार्वजनिक गर्ने डा. अधिकारीले जानकारी दिए ।

 

 

 


Author

थप समाचार
x