स्वास्थ्य

थप १२५ जनामा कोभिड-१९ संक्रमण पुष्टि

इकागज |
फागुन १०, २०७७ सोमबार १७:१७ बजे

काठमाडौँ : नेपालमा सोमबार थप १२५ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । देशका विभिन्‍न स्थानमा रहेका प्रयोगशालामा  गरिएको परीक्षणका क्रममा थप १२५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यो संगै नेपालका हालसम्म संक्रमितको संख्या दुई लाख ७३ हजार ५५६ पुगेको छ ।  त्यस्तै थप ९० संक्रमित संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्‍त हुनेको संख्‍या दुई लााख ६९ हजार ९६६ पुगेको छ।


नेपालमा सोमबार संक्रममणका कारण कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ । नेपालमा हालसम्म दुई हजार ६१ जनाले ज्यान गुमाएका छन् । नेपालमा हाल १५ सय २९ जना आइसोलेशनमा छन् भने ६६ जना क्वारेन्टाइनमा छन् । त्यस्तै हालसम्म २१ लाख ४३ लाख ३१५ वटा पिसिआर गरिएको मन्त्रालयले जनाएको छ ।
 


Author

थप समाचार
x