स्वास्थ्य

म्याद गुज्रिएको औषधि बेच्ने अस्पताल कारबाहीमा

दीपक उपाध्याय |
चैत ११, २०७८ शुक्रवार १६:१८ बजे

कैलाली - म्याद गुज्रिएको औषधि बेचेको पाइएपछि धनगढी उपमहानगरपालिका ४ रातोपुल स्थित नवजीवन अस्पताल कारबाहीमा परेको छ ।

अस्पतालमा उपचाररत एक बालकलाई म्याद गुज्रिएको औषधि बेचेको भन्दै आफन्तहरू उजुरी लिएर कार्यालय पुगेपछि बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय कैलालीले अनुगमन गरेर बिहिवार २ लाख रुपैया जरिवाना गराएको छ ।


बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय कैलालीका निमित्त प्रमुख ललित प्रसाद पन्तले अस्पताललाई सचेत गराउदै २ लाख रुपैया जरिवाना गरिएको बताए । उनले उद्योग बाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय सुदुरपश्चिम प्रदेशले जरिवाना गरेको जानकारी दिए । उता अस्पतालका डाक्टर निरज अर्यालले बिरामीका आफन्तले जबर्जस्ती औषधि लिएर गएको जिकिर गरे ।

उनले अस्पतालमा कार्यरत १०४ जना कर्मचारीको आफुले जिम्मेवारी लिन नसक्ने बताउदै औषधि बेच्ने कर्मचारीलाई भने सचेत गराएको बताए । डाक्टर अर्यालले म्याद गुज्रिएको औषधि बेचेको पाइएपछि बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय कैलालीले जरिवाना गरेको स्वीकार गरे ।


Author

दीपक उपाध्याय

उपाध्याय इकागजका सुदूरपश्‍चिम प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x