स्वास्थ्य

उच्च रक्तचाप कम गर्न व्यायाम

इकागज |
चैत १३, २०७७ शुक्रबार ६:२८ बजे

काठमाडौँ : रक्तचाप नियन्त्रण गर्न औषधी सेवन गर्नुभन्दा व्यायाम गर्नु उपयुक्त हुने अध्ययनले देखाएकाे छ । मार्च २३ मा युरोपियन जर्नल अफ प्रिभेन्टेटिभ कार्डियोलोजीमा प्रकाशित भएको एक आर्टिकलका अनुसार विशेष प्रकारका व्यायामले फरक समूहका मानिसहरूको रक्तचाप सन्तुलन गर्न मद्दत गर्ने भएकाले व्यायाममा जोड दिन सिफारिस गरेको छ ।

अक्सफोर्ड विश्वविद्यालयन, कनेक्टीकट विश्वविद्यालय लगायत विश्वका एक दर्जन भन्दा बढी अनुसन्धानकर्ताहरूले अध्ययन गरी उक्त आर्टिकल तयार पारेका हुन् । मुटुको स्वास्थ्य र व्यायामसँग सम्बन्धि पछिल्लो प्रमाणहरूका आधारमा उनीहरूले व्यायाम गर्न सिफारिस गरेका हुन् । 


उच्च रक्तचापको समस्याबाट विश्वभरका १ अर्ब भन्दा बढि मानिस ग्रसित छन् । र, यसका कारण थुप्रै मानिस मुटुसम्बन्धी रोगहरू र अकाल मृत्युको सिकार बन्न पुगेका छन् । यस अध्ययनले रक्तचाप सन्तुलन गर्नको लागि केही व्यायामहरू सिफारिस गरेको छ । 

तस्बिर : शाेभा गुरुङ, मास्टर ट्रेनर

                                                                            तस्बिर : शाेभा गुरुङ, मास्टर ट्रेनर


एरोबिक गर्नुहोस् 
मानिसको सामान्य रक्तचाप १२०÷८० हुन्छ । तर रक्तचाप १४०÷९० भन्दा बढी भयो भने त्यसलाई उच्च रक्तचाप भनिन्छ । यदि कोही मानिसको रक्तचाप पहिले नै यो भन्दा बढि छ भने त्यस्ता मानिसले एरोबिक तालिमबाट फाइदा लिन सक्ने अध्ययनले देखाएको छ । 

यसलाई कार्डियो व्यायाम पनि भनिन्छ । यसमा दौड, पौडी र साइकलिङ पर्छ । यस्ता व्यायामले मुटु धड्कनको दर बढाउँछ भने छिटोछिटो सास फेर्न सक्ने बनाउँछ । यो विधामा हिड्नु वा जगिङ गर्नु पनि पर्छ ।  

औषधीहरू भन्दा यी व्यायामहरूले सजिलै उच्च रक्तचापलाई नियन्त्रण गर्न सक्ने स्विट्जरल्याण्डको बासेल विश्वविद्यालयका डा. हेनर हान्सेनले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । 

तस्बिर : अनप्ल्यास फ्रि फाेटाे


पुसअप, स्क्वाट गर्न सकिन्छ 

कतिपय मानिसहरूको रक्तचाप उच्च–सामान्य भइरहन हुन्छ । रक्तचाप १३०–१३९÷८५–८९ भएकोलाइ उच्च–सामान्य भइरहन भइरहने मानिन्छ । यस समूहमा भएका मानिसले बहु मांशपेशी समूह समेटिने खालका व्यायाम गर्न सक्छन् । 

शारीरिक वजन व्यायामहरू जस्तै पुश–अप, एअर स्क्वाट सँगै फ्रन्ट स्क्वाट्स ब्याक स्क्वाट्स, डेड लिफ्ट लगायत तौल उचाल्ने व्यायामहरू पनि गर्न सकिन्छ । 

सामान्य रक्तचापका लागि योग 

कोही मानिसको रक्तचाप सामान्य (१२०÷८०) छ भने उनीहरूले यसलाई कायम राखिरहनको लागि योग, प्लाङ्क्स लगायत अभ्यास गर्न सक्छन् । त्यस्तै स्ट्याटिक लञ्ज, वाल सिट लगायत अभ्यास गर्न सक्छन् । 

तस्बिर : अनप्ल्यास फ्रि फाेटाे


राम्रो नतिजा पाउनको लागि दैनिक व्यायाम  

मुटुलाई स्वस्थ राख्नको लागि विशेषज्ञहरू दैनिक व्यायाम गर्न सुझाव दिन्छन् । यसको मतलब दैनिक तपाईंले म्याराथन दौडिनुपर्छ वा जिममा घण्टौँ विताउनुपर्छ भन्ने होइन । तर दैनिक रूपमा केही समयको हिँडाई वा छोटो समयको व्यायामले पनि धेरै फाइदा पु¥याउन सक्छ । 

विश्वविद्यालयका डा. हान्सेन भन्छन्, ‘दैनिक रुपमा रक्तचाप कम गर्न प्रयोग गर्ने औषधीले जस्तै दैनिक गरिने व्यायामले पनि मानिसलाई २४ घण्टै फाइदा पु¥याउँछ । त्यसैले दैनिक रूपमा व्यायाम गर्नु राम्रो हुन्छ ।’ 


 


Author

थप समाचार
x