घटना-दुर्घटना

विजय जुलुसका सहभागी बोकेको ट्याक्टर दुर्घटना, १३ जना घाइते

इकागज |
जेठ ५, २०७९ बिहिवार १७:३४ बजे

विराटनगर - मोरङको सुनबर्षी नगरपालिकामा नेकपा एमालेको बिजय जुलुसमा प्रयोग गरिएको ट्याक्टर दुर्घटनामा १३ जना घाइते भएका छन् । 

सुनबर्षी नगरपालिका-६ स्थित सिटौला टोलमा एमालेको बिजय जुलुसमा प्रयोग भएको को २ च १४३७ नम्बर ट्याक्टर दुर्घटना हुँदा घाइते भएकाहरुमध्ये २६ वर्षीय जलन्धर राजवंशी र ४० वर्षीय राजकुमार सहनीको अवस्था गम्भीर रहेको जनाइएको छ ।


जुलुसमा मान्छे बोकेर हिंडेको ट्याक्टर अनियन्त्रित भएर दुर्घटना भएको इलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ । गम्भीर घाइतेहरुलाई उपचारका लागि नोबेल अस्पताल विराटनगर लगिएको छ । सामान्य घाइते रहेका ११ जनाको रंगेली अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

नेपाली कांग्रेसको प्रभाव क्षेत्र मानिएको सुनबर्षीमा यसपटक मेयर, उपमेयर र चारवटा वडाको वडाध्यक्ष नेकपा एमालेले जितेको थियो ।
 


Author

थप समाचार
x