घटना-दुर्घटना

बलात्कारको आरोपमा १९ वर्षे किशोर पक्राउ

इकागज |
जेठ ६, २०७९ शुक्रबार १३:३४ बजे

काठमाडौँ– दुई बालिकालाई बलात्कार गरेको आरोपमा काभ्रेपलान्चोक चौंरीदेउरालीकै १९ वर्षीय जोन भुजेल पक्राउ परेका छन् । उनीमाथि दुई बालिकालाई बलात्कार गरेको आरोप छ ।

प्रहरीका अनुसार उनले भक्तपुर बालकोटमा सोमबार दिउँसो र मंगलबार बिहान गरी दुई बालिकामाथि जबरजस्ती करणी गरेको पीडितले बताएका छन् । उनलाई महानगरीय प्रहरी वृत थिमीले पक्राउ गरेको हो । यसमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 



Author

थप समाचार
x