घटना-दुर्घटना

हावाहुरीले रुख, बस र पोल ढाल्यो, तीनको मृत्यु

इकागज |
जेठ ६, २०७९ शुक्रबार २१:२० बजे

चितवन- हावाहुरीले रुख ढल्दा च्यापिएर ३ जनाको घटनास्थलमै ज्यान गएको छ । भरतपुर–११ को भोजाडमा अटोमा सवार २ जना र बसेनीमा म्याजिकमा सवार १ जनाको च्यापिएर ज्यान गएको छ । वर्षासहित आएको हावाहुरीले अटो र म्याजिकमाथि रुख ढल्दा सो दुर्घटना भएको हो ।

चितवन प्रहरी प्रवक्ता नरहरि अधिकारीले मृतकको पहिचान हुन नसकेको बताए। यस्तै विद्युतका पोल र रुखहरु ढल्दा चितवनका विभिन्न सडकहरु अवरुद्ध भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार, नारायणगढ, आपँटारी, क्यान्सरगेट, चितवन मेडिकल कलेज लगायतका स्थानमा रुख र विद्युत पोल ढल्दा सडक अवरुद्ध बनेको हो ।


अहिले रुखहरु हटाएर सडक सञ्चालन गर्न लागिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनमा प्रमुख धर्म अधिकारीले जानकारी दिए। विद्युत सेवा अवरुद्ध भएर अध्यारो हुँदा क्षतिको विवरण संकलन गर्न नसकिएको उनले बताए।

 घरहरुको छचाना उडाउनुका साथै रुख, बस तथा विजुलीका पोलहरु ढालेको छ । 

भरतपुर पुलमा रोकिराखेको गाडीसमेत हावाहुरीले ढालेको छ । त्यस्तै पोलहरु ढल्दा नारायणी किनारमा पुगेको छ । अहिले चितवन क्षेत्रमा विद्युत आपूर्ति बन्द भएको छ ।

त्यस्तै कैलालीमा गुडिरहेको बसमाथि रुख ढल्दा पाँच यात्रु घाइते भएका छन् । लम्कीचुहा नगरपालिका –८ गप्कामा गुडिरहेको बसमाथि रुख ढल्दा बसमा सवार पाँच जना यात्रु घाइते भएका हुन् ।

हावाहुरीका कारण से १ ख १८०६ नम्बरको बसमा एक्कासी रुख ढलेको हो । रुख ढलेपछि बसमा क्षति पुगेको छ भने घाइते यात्रुहरुको लम्कीस्थित लालरत्न अस्पतालमा उपचार भइरहेको छ । रुख ढलेर विद्युत तारमा पनि क्षति पुगेको छ । सो क्षेत्रमा विद्युत अवरुद्ध भएको छ ।


Author

थप समाचार
x