घटना-दुर्घटना

हावाहुरीका कारण मृत्यु भएका तीनमध्ये दुईको पहिचान खुल्यो

इकागज |
जेठ ६, २०७९ शुक्रबार २२:१५ बजे

काठमाडौं– शुक्रबार साँझ आएको हावाहुरीले रुख ढाल्दा मृत्यु भएको तीनै जनाको पहिचान खुलेको छ । चितवनमा हुरीले ढालेको रुखले अटो किच्दा मृत्यु भएकाहरुको पहिचान खुलेको हो ।

प्रहरीकाअनुसार हावाहुरीको कारण ढलेको रुखले चितवन भरतपुर ११ भोजाड जंगल स्थित भित्री सडक खण्डमा पदमपुरबाट भरतपुर तर्फ आउदै गरेको ना २ ह २२४७ नं. को अटोलाई किच्दा च्यापिएको थियो । अटो चालक भरतपुर ११ लामाटोलका ५० वर्षीय प्रदिपकुमार लामा र अटोमा सवार अन्दाजी ५१ वर्षकी महिलाको घटनास्थलमा नै मृत्यु भएको थियो ।


त्यस्तै हावाहुरीको कारण ढलेको रुखले चितवन भरतपुर ११ बसेनी चोकमा म्याजिक च्यापिँदा एकको मृत्यु भएको हो । बिशाल चोकबाट बसेनीतर्फ आउदै गरेको ना १ ज ६१४० नं. को म्याजिकलाई किच्दा  म्याजिकमा सवार भरतपुर ११ का बस्न २४ वर्षीय लोकनाथ न्यौपानेको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।
अटोमा सवार अविता गुरुङ र तुलमाया गुरुङ सामान्य घाईते छन् । उनीहरुको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भईरहेकाे प्रहरीले जनाएको छ । 

प्रहरीले ढलेको रुख काटी हटाएपछि बाटो सुचारु गरेको छ । मृतकको शव भरतपुर सरकारी अस्पतालमा पठाईएको प्रहरीले जनाएको छ ।


Author

थप समाचार
x