घटना-दुर्घटना

धनगढीबाट अछाम जाँदै गरेको बस सेती नदीमा खस्यो

इकागज |
जेठ ७, २०७९ शनिवार ७:३८ बजे

डोटी - धनगढीबाट अछाम जाँदै गरेको बस सेती नदीमा खसेको छ । शनिबार बिहान करिब ४ बजे तिर ना  ५ ख ९६६३ नम्बरको बस डोटीको शिखर नगरपालिका १ गरेपानी भन्ने स्थानमा सडकबाट करिब ५० मिटर तल सेती नदीमा खसेर दुर्घटनामा परेको हो ।

जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख प्रहरी उपरीक्षक श्याम चौधरीले बस सडकबाट सेती नदीको किनारमा खसेको बताउदै बसको केही भाग पानीमा डुबेको बताए । उनले एकजना बच्चा हराइरहेको र घाइतेहरूको उद्दार भैरहेको बताए ।



Author

थप समाचार
x