घटना-दुर्घटना

कुलेखानीमा जिप दुर्घटना: चारको मृत्यु, चार घाइते

इकागज |
जेठ ७, २०७९ शनिबार २१:५ बजे

मकवानपुर – मकवानपुरमा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । 

पर्सा वीरगन्जबाट काठमाडौँ जाँदै गरेको ना ४ च २३१५ नम्बरको जिप आज साँझ ५ बजे दुर्घटना हुँदा चार जनाको मृत्यु भएको हो । 


इन्द्रसरोवर गाउँपालिका–२, कुलेखानी सिमखोलामा दुर्घटनामा परेर मृत्यु भएका चारमध्ये एकको ट्रमा सेन्टर काठमाडौँ, दुई जनाको हेटौंडा अस्पताल र एक जनाको चुरेहिल हस्पिटल हेटौँडामा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय भीमफेदीका प्रहरी निरीक्षक प्रतिमा कार्कीले जानकारी दिइन् । 

घाइते हुनेमा काठमाडौँ किर्तीपुर - ८ पागा बस्ने अन्दाजी  बर्ष ३४ का सुदेश महर्जन, पर्सा वीरगन्ज महानगरपालिका -१६ नगवा बस्ने बर्ष २९ का पविन्द्र शाह र चालक पर्सा  वीरगन्ज महानगरपालिका -१४ श्रीपुर बस्ने बर्ष ३४ का कमलेश राउत रहेका छन् । अर्का एक घाइतेको सनाखत हुन सकेको छैन ।

 घटनामा मृत्यु भएकाको पनि सनाखत हुन नसकेको प्रहरीले जनाएको छ । जिपमा आठ जना सवार थिए ।


Author

थप समाचार
x