घटना-दुर्घटना

माछा मार्न गएका काका भतिजको खाेलामा डुबेर मृत्यु

इकागज |
जेठ ८, २०७९ आइतबार १४:११ बजे

बुटवल । अर्घाखाँचीको शितगंगा नगरपालिकामा माछा मार्ने क्रममा खोलामा डुबेर काका भतिजको मृत्यु भएको छ । 

शितगंगा नगरपालिका वडा नम्वर ७ र ९ को सीमानामा पर्ने शितखोलामा माछा मार्ने क्रममा खोलामा डुबेर प्युठान नौबहिनी गाउँपालिका वडा नम्वर ८ फोप्लीका ५० बर्षीय नुमाराम घर्ती र उनका दाजुका छोरा १२ बर्षिय शमुलाल घर्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायव उपरीक्षक अम्मर बहादुर थापाले बताए । 


प्युठान फोप्लीका उनीहरु अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नम्वर ९ औले निवासी हिरा घर्ती पल्लीको छोरीको न्वारानको भोज खान आएका थिए । शुक्रबार राती औले आएका उनीहरु शनिबार न्वरानको भोज खाएर खोलामा माछा मार्न गएका थिए । 

माछा मार्न भन्दै जाल बोकेर खोलामा गएका उनीहरु खोलाको रहमा डुबेका थिए । शव जिल्ला अस्पताल अर्घाखाँचीमा पोष्टमार्टम गरी आइतबार आफन्तको जिम्मा लगाईएको प्रहरी नायव उपरीक्षक थापाको भनाइ छ । 
 


Author

थप समाचार
x