घटना-दुर्घटना

मामाघर जाने क्रममा ढुङ्गाले लागेर बालकको मृत्यु

इकागज |
जेठ ८, २०७९ आइतवार २०:६ बजे

फाइल फोटो

जाजरकोट - बारेकोट गाउँपालिका–९ सक्लामा ढुङ्गाले लागेर आज एक बालकको मृत्यु भएको छ ।

बारेकोट–७ सुवाकोट मामाघर जाने क्रममा राजु विकका दुई वर्षीय छोरा रोहितको घटनास्थलमै मृत्यु भएको स्थानीय धनजीत महरले जानकारी दिए । 


महरका अनुसार रोपाछरास्थित भिरमा बाख्राले खसालेको ढुङ्गा लागेर रोहितको मृत्यु भएको हो ।  रासस


Author

थप समाचार
x