घटना-दुर्घटना

कुटपिट गरी हत्या गरेको अभियोगमा दुई जना पक्राउ

इकागज |
जेठ ९, २०७९ सोमबार २१:१ बजे

फाइल फोटो

काठमाडौँ - कुटपिट गरी हत्या गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले सिन्धुपाल्चोकको जुगल गाउँपालिका–८ बराम्चे घर भएका ३५ वर्षीय कान्छा लामा तामाङको हत्यामा सङ्लग्न मकवानपुरका ४५ वर्षीय कान्छामान ठोकर र ललितपुरको गोदावरीकी ४० वर्षीया गायत्री नगरकोटीलाई शुक्रबार पक्राउ गरी आज सार्वजनिक गरेको हो ।


तामाङको शव यही जेठ ५ गते काठमाडौँको दक्षिणकाली नगरपालिका–१ पावर हाउस नजिक बागमती नदी किनारमा फेला परेको थियो । घटनाको अनुसन्धान गर्दै जाँदा ठोकर र नगरकोटीलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । 

पक्राउ परेका दुवैले वैशाख २८ गते काठमाडौँ महानगरपालिका–१६ नयाँबजारस्थित विष्णुमति पुल नजिक रहेको शिवमन्दिर परिसरभित्र हम्मरले हानेर घाँटीमा सलले कसेर हत्या गरेको अनुसन्धानबाट  खुलेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि प्रहरी परिसर टेकु पठाइएको प्रहरीले जनाएको छ । रासस


Author

थप समाचार
x