घटना-दुर्घटना

आयल निगम डिपोमा भएको आगलागी नियन्त्रणमा

इकागज |
जेठ १३, २०७९ शुक्रवार १५:४ बजे

फाइल फोटो

लुम्बिनी - नेपाल आयल निगमको भलवाडीस्थित डिपोमा आज लागेको आगो नियन्त्रणमा आएको छ । बिहान ११ः४० बजेको तेल खनाउने क्रममा लु२ख २६५६ र लु२ख ५६८५ नम्बरको ट्याकंरमा आगलागी भएको थियो ।

आगलागीबाट लु२ख २६५६ नम्बरको ट्याकंरपूर्णरुपमा क्षति भएको र अर्कोमा आंशिक क्षति पुगेको रुपन्देही जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए । 


आगलागीबाट ट्यांकरका दुई जना सामान्य घाइते भएकोसमेत उनले बताए । घाइतेमध्येका एक  सहयोगी तिलोत्तमा नगरपालिका–९ का १८ वर्षीय विजेश चौधरीको हात र खुट्टा जलेको र उनको  मणिग्रामस्थित क्रिमशन अस्पतालमा उपचार भइरहेकोे छ । 

सिद्धार्थनगर नगरपालिका, तिलोत्तमा नगरपालिका र भलवारी आयल निगमको दमकलले आगो नियन्त्रणमा लिएका थिए ।
रास


Author

थप समाचार
x