घटना-दुर्घटना

स्याङजामा प्याराग्लाइडिङ दुर्घटना, एकजना घाइते

इकागज |
जेठ १३, २०७९ शुक्रबार १७:१९ बजे

फाइल तस्‍बिर

पोखरा- स्याङजामा प्याराग्लाइडिङ दुर्घटना हुँदा एकजना घाइते भएका छन् । स्वरेक मैदानमा प्याराग्लाइडिङबाट खसेर स्थानीय लक्ष्मी अर्याल घाइते भएकी हुन् ।

उनको टाउको र खुट्टामा चोट लागेको प्रहरी प्रबक्ता रवीन्द्र खनालले जानकारी दिएका छन् । थप उपचारका लागि उनलाई पोखरा ल्याइएको छ । स्वरेकमा प्याराग्लाइडिङ सिक्ने क्रममा उनी खसेकी हुन् ।



Author

थप समाचार
x